Rule 8
अन्य काम

(१) कर अधिकृतले आफ्नोे अञ्चलको सदर मुकाममा काम सकिएपछि आफ्नोे सालभरको कार्यक्रम अनुसार अञ्चलका विभिन्न स्थानमा मुकाम गरी विदेशी लगानी करको निर्धारण र कर दाखिल गर्ने आदेश दिनेछ ।
(२) कर अधिकृत नभएको इलाकामा बस्ने करदाताले जिल्ला प्रशासन कार्यालय वा माल अड्डामा ऐन वा यी नियमहरू बमोजिमको विवरण दाखिल गर्न सक्नेछ । यस्तो अड्डामा कर सम्बन्धी काम गर्ने एक वा एकभन्दा बढी कर्मचारी रहन सक्नेछन् । र निजले कर निर्धारण र असुल गर्ने बाहेक कर सम्बन्धी अरू काम गर्नेछ । निज अञ्चल कर अधिकृतको मातहतमा रहनेछ ।
(३) विदेशी लगानी कर तिर्नु पर्ने जस्ता करदाताहरूले तथ्याङ्क संकलन गर्न, सरजमीन वा अन्य आवश्यक कुराहरू जाँचबुझ गरी त्यस्ता करदाताहरूको लगत र अन्य तत्सम्बन्धी समाचार संकलन गर्ने र आफूलाई ठेकिएको फाँटको काममा कर अधिकृतको मातहत रही भई निजले लाए अह्राएको कर असुली सम्बन्धी हरेक प्रकारको काम गर्नु कर इन्स्पेक्टरको कर्तव्य हुनेछ । निजसँग आफ्नोे तस्वीर (फोटो) भएको कर डाइरेक्टर अथवा अञ्चलका कर अधिकृतले दस्तखत गरेको परिचयपत्र रहनेछ ।
(४) कर कार्यालयमा रहनु पर्ने विदेशी लगानी करको रजिष्टरको ढाँचा कर डाइरेक्टरले सूचित आदेशद्वारा समय समयमा तोकी दिन सक्नेछ । सो आदेशमा उल्लेख भएको सबै किसिमको विभागीय निर्देशनहरूको पालन गरी कर असुली सम्बन्धी जाहेरी सोही आदेशमा तोकिदिए बमोजिम ठीक ठीक समयमा पठाउनु पर्छ । यस्तो जाहेरी पठाउँदा सो जाहेरीमा फाँटको इन्स्पेक्टर समेतको दस्तखत भएको हुनु पर्छ ।